दाङमा एक हप्ताका लागि निषेधाज्ञा
दाङ – दाङमा गएरातिदेखि एक हप्ताका लागी निषेधाज्ञा जारी भएको छ ।
निषेधाज्ञा लागू भएपछि आज बिहानैदेखि सडक र बजार सुनसान भएको छ ।
कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि एक हप्ता निषेधाज्ञा लगाइएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।
निषेधाज्ञा भदौ २१ गते राति १२ बजेसम्म कायम रहनेछ । निषेधाज्ञा अवधिमा पीसीआर जाँच बढाउने र एक हप्तापछिको अवस्था हेरेर थप निर्णय हुने पनि प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


