कालिकोटका पहिरोपीडितलाई तत्काल राहत उपलब्ध गराउन कांग्रेसको माग
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कालीकोटको तिलागुफा नगरपालिका १, नाग्मका पहिरोपीडित परिवारलाई तत्काल राहत र घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गरेर नाग्माका पहिरोपीडित परिवारलाई राहत र स्वास्थ्य उपचारका व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको हो ।
कांग्रेसले घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरुको संवेदनशीलताप्रति सहानुभूति पनि प्रकट गरेको छ । नाग्मामा हिजो दिउँसो गएको पहिरोमा पुरिएर एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएर केही व्यक्ति घाइते भएका छन् भने दुई जना अझै बेपत्ता छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


