सिन्धुपाल्चोक लिदी पहिरो : मामाघर गएका युवकको शव भेटियो

सिन्धुपाल्चोक – जुगल गाउँपालिका २ काे लिदी पहिरोमा बेपत्ता भएका १७ वर्षीय युवाको शव मङ्गलबार भेटिएको छ ।

जुगल ३ बाट लिदी मामाघर गएका १७ वर्षीय सुभाष तामाङको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । योसँगै लिदी पहिरोमा पुरिएका ३७ जनाको शव भेटिएको छ । लिदी पहिरोमा ३९ जना बेपत्ता भएका थिए । बाँकी दुई जनाको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरी, सेना र स्थानीय लागिपरेका छन् । 

लिदीमा पहिरो गएको दुई हप्ताभन्दा बढी भइसकेको छ । 

TOP