कुटपिटबाट घाइते मुसहर दम्पत्ति अस्पतालमा बन्धक
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिका– ६ महुलीका शिवचन्द्र सदा र उनकी पत्नी मलियादेवी झण्डै डेढ महिनादेखि विराटनगरको गोल्डेन अस्पतालमा छन् ।
कुटपिटबाट घाइते भएका यी दम्पत्ति निको भए पनि पैसा नतिरेको कारण देखाउँदै अस्पतालले घर जान दिएको छैन । उनीहरुले उपचारबापत१ लाख ३० हजार रुपैयाँ तिर्नुपर्ने अस्पतालको भनाइ छ ।
गत साउन ५ गते पानीको निकासको विषयमा विवाद हुँदा स्थानीय दिना साहको परिवारले कुटपिट गर्दा शिवचन्द्र र उनकी पत्नी घाइते भएका थिए । कुटपिटमा संलग्न व्यक्तिले उपचार खर्च नदिएको र आफूसँग त्यति धेरै रकम नभएका कारण अस्पतालबाट घर जान नपाएको सदा बताउँछन् ।
‘मजदुरी गर्दा नपाउँदा घरमा छोराछोरी भोकै छन्’ शिवचन्द्रले भने । सदा दम्पत्तिले मजदुरी गरेर ३ छोराछोरीसहितको परिवार पाल्दै आएका थिए । एक महिनादेखि अस्पतालमा रहँदा छोराछोरीको विजोग भएको छ ।
सदा दम्पतिलाई कुटपिट गर्ने दिना साहलाई इलाका प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी अभद्र व्यवहार मुद्धामा अनुसन्धान सुरु गरेको थियो । तर साउन ३२ गते साह रिहा भएका छन् ।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी नरेशकुमार सिंहले पीडितले अस्पतालमा लागेको खर्चको बिल ल्याएको भए साहबाट तिराउन सहजीकरण गर्न सकिने भए पनि अहिले रिहा भएको बताए ।
तर पैसा नतिरी अस्पतालले बिल नदिएको शिवचन्द्र बताउँछन् । ‘अस्पतालले पैसा नतिरी बिल दिन नमिल्ने बतायो, अहिले बल्ल बिल दिएको छ’ उनले भने ।
धेरै आग्रह गरेपछि अस्पतालले आफ्नो लेटर प्याडमा औषधीबाहेक एक लाख २५ हजार रुपैयाँ लागेको भनी लेखेर दिएको उनले बताएका छन् ।
सदा दम्पत्तिलाई अस्पतालबाट मुक्त गर्न अधिकारकर्मीले पहल गरेका छन् । दलित सरोकार मञ्चले पीडित परिवारको तर्फबाट प्रदेश २ का मुख्यमन्त्री, सप्तरीका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएको छ ।
तर एक सातासम्म कसैले चासो नदिएको मञ्चका भोला पासवानले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


