रिपोर्ट कुर्दै, मिनी पार्क बनाउँदै
दाङ – तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको उरहरि स्वास्थ्य चौकी बेल्टाकुराका स्वास्थ्यकर्मीहरु मङ्गलबार बिहानै स्वास्थ्य चौकी परिसरमा पसिना पुछ्दै हस्याङफस्याङ गर्दै थिए । कोही कुटो र कोदालोले खन्ने र खोस्रने गर्दै थिए भने कोही इँटा अनि माटो बोक्दै थिए ।

सधैँ बिरामीको सेवामा व्यस्त हुने स्वास्थ्यकर्मीहरु मजदुर जस्तै कडा परिश्रम गर्दै गरेको यो दृश्य रोचक अनि फरक देखिन्थ्यो । एक जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि गएको भदौ ८ गतेदेखि सिल गरिएको यस स्वास्थ्य चौकीका कर्मचारीहरु अफिस क्वरेण्टीनमा बस्दै आएका छन् ।
उनीहरु त्यहाँ बसेदेखि नै स्वास्थ्य चौकी परिसरमा मिनी पार्क निर्माण गर्न जुटेका हुन् । उनीहरु आफै खाना पकाएर खान्छन् अनि बाँकी समय स्वास्थ्य चौकी परिसरको सजावटमा व्यस्त हुन्छन् ।
स्वास्थ्य चौकीमा कार्यरत नाै जना स्वास्थ्यकर्मी ८ गतेदेखि अफिस क्वरेण्टीनमा छन् भने १० गते कोरोना परीक्षणका लागि स्वाब दिएर रिपोर्ट पर्खिरहेका छन् । विभिन्न समयमा रचनात्मक गतिविधिमा सक्रिय भएर चर्चा बटुल्दै आएका यस स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु अहिले आफ्नो स्वास्थ्यसँगै आफू कार्यरत स्वास्थ्य चौकी परिसरलाई सजाउन व्यस्त छन् ।
अफिस क्वरेण्टीनमा बसेदेखि नै स्वास्थ्य चौकी परिसरमा मिनी पार्क निर्माण गरी विभिन्न फूल रोप्न व्यस्त स्वास्थ्यकर्मीहरु आफू कार्यरत संस्थालाई सबै प्रकारले उत्कृष्ट बनाउनु आफ्नो कर्तव्य सम्झिन्छन् ।
स्वास्थ्य चौकीका इन्चार्ज चित्र वलीको नेतृत्वमा एचए, सीएमए, ल्याब असिस्टेन्ट अनि अन्य स्वास्थ्यकर्मीहरु क्वरेण्टीनमा बसेदेखि नै स्वास्थ्य चौकी परिसरलाई सुन्दर अनि आकर्षक बनाउन मेहनत गरिरहेका छन् ।
बिरामीहरुलाई स्वास्थ्य सेवाका साथै मानसिक रुपमा पनि मनोरञ्जनको वातावरण निर्माणका लागि यो अभियान सुरु गरिएको इन्चार्ज चित्र वलीले बताउनुभयो । काममा व्यस्त हुँदा मानसिक रुपमा पनि कोरोनाको डर हराउने भएकाले रिपोर्ट नआउँदासम्म विभिन्न रचनात्मक क्रियाकलापमा लाग्ने सोच बनाएको उहाँले बताउनुभयो ।
स्वास्थ्य चौकीका एचए यज्ञबहादुर केसीले पनि आत्मसन्तुष्टि र स्वास्थ्य चौकीलाई आकर्षक बनाउन, बिरामीहरुलाई मिनी पार्कको अनुभूति दिलाएर ऊर्जा थप्न मिनी पार्क निर्माणमा जुटेको बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


