कपिलवस्तु र नवलपरासीका दुई जना महिलाको कोरोना संक्रमणबाट मृत्यु
बुटवलको कोरोना विशेष अस्पतालमा थप एक संक्रमित महिलाको मृत्यु भएको छ । लुम्बिनी प्रदेशिक अस्पतल अन्र्तगत रहेको कोरोना विशेष अस्पतालमा कपिलबस्तुको कृष्ण नगरपालिका–११ की ६० वर्षीया महिला बुधबार बिहान ९ मृत्यु भएको अस्पतालमा फोलक पर्सन डा सुर्दशन थापाले रातोपाटीलाई जानकारी दिए ।
कोरोना संक्रमति ती महिलाको ७ गते उपचारको लागि बुटवल ल्याइएको थियो । आज उपचार गर्दागर्दे मृत्यु भएको डा. थापाले बताए । उनलाई प्रेसर र कोरोना कारण निमोनिया देखिएको थियो ।
रूपन्देहीमा गत राति नै भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासीकी ६५ वर्षीया महिलाको मृत्यु भएको थियो ।
अस्पतालका सूचना अधिकारी डा. नारायण पोख्रेलका अनुसार नवलपरासी पश्चिम, रामग्राम–५ की महिलालाई खोकी लाग्ने समस्या देखिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो । बुटवलमा आईसीयू बेड खाली नभएपछि १५ गते भीम अस्पतालमा रिफर गरि आईसीयुमा राखेर उपचार गर्दा गर्दे मृत्यु भएको डा. पोख्रेलले बताए । ती संक्रमितलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या थियो ।
भीम अस्पतालमा अहिले ४ जना आईसीयूमा र १७ जना आइसोलेसनमा गरी २१ संक्रमित उपचाररत रहेको छन् । हालै मात्र ५ वटा आईसीयू सेवा अस्पतालमा शुरु गरेको हो । यसअघि उक्त अस्पतालमा गैडहवा–३ का ५० वर्षीय कोरोना संक्रमितको मृत्यु भएको थियो । मृत्तक महिलाको शव व्यवस्थापको विषयमा छलफल भइरहेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


