कोरोना संक्रमित एक पुरुषको मृत्यु
बिमल प्रसाद पोख्रेल ,प्युठान । प्युठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नं ७ का ५८ वर्षिय पुरुषको गौतम बुद्ध अस्पताल बुटवलमा उपचारको क्रममा गएराती मृत्यु भएको स्वर्गद्धारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले बताउनुभयो ।
स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाइ उपचारका लागि भदौ १० गते बुटवल लगिएको थियो । उपचारका क्रममा भदौ १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भदौ १६ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
मृतक पुरुषमा जन्डिस, फोक्सोको समस्या रहेको स्वास्थ्य संयोजक केसीले बताउनुभयो । यसअघि भदौ ५ गते स्वर्गद्वारी नगरपालिका–७ का ६४ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारको क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको थियो । यससंगै प्युठानमा कोरोना संक्रमितका कारण मृत्युु हुनेको संख्या दुई पुगेको छ।
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
-
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
६० घण्टापछि माटोमुनिबाट जीवित भेटिइन् ६ वर्षीया मनिषा
भदौ १३, २०८३
रसुवा । भोटेकोसी बाढीमा बेपत्ता भएकी रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेकी ६ वर्षीया बालिका मनिषा मगरलाई करिब ६० घण्टापछि जीवितै उद्धार गरिएको छ।…


