उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपा सचिवालयको निर्णय
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको छ ।
नेकपा सचिवालयको आज बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराउनु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रवक्ता श्रेष्ठले कोभिड १९ को बढ्दो प्रकोप तथा बाढी प्रकोपको वर्तमान सन्दर्भमा सामाजिक सद्भाव र सहिष्णुता कायम गरेर अगाडी बढ्न सबैलाई आह्वान गर्ने निर्णय पनि बैठकले गरेको बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले बैठकमा यस अघि कार्यदलले बुझाएको प्रतिवेदनमा सामान्य छलफल भएको र यसमा थप छलफलपछि परिमार्जन गरी अगाडी बढिने बताउनुभयो ।
प्रवक्ता श्रेष्ठले उपयुक्त समयमा स्थायी कमिटी बैठक बस्ने पनि जानकारी गराउनुभयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


