दोषी प्रहरीलाई निलम्बन होइन्, जागिरबाट हटाउनुपर्छ : मुख्यमन्त्री राउत
टुडेखोज/ जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विजय रामको हत्या गर्ने प्रहरीलाई निलम्बन नगरी जागिरबाट हटाउनुपर्ने बताएका छन् ।
रौतहटमा हत्या गरिएका निरञ्जन राम र विजय रामको परिवारलाई भेट्न पुगेका मुख्यमन्त्री राउतले यस्तो बताएका हुन् । उनले विजय रामको हत्या हिरासतमै गरिएको जिकिर गरे । उनले दलितमाथि भइरहेको घटनाको छानविनका लागि प्रदेश सरकारले समिति बनाएको र दोषी कोही पनि उम्किन नपाउने विश्वास दिलाए ।
मुख्यमन्त्रीसँगै रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादबले रौतहटका निरञ्जन राम, विजय राम, एक पुजारी र एक महिलाको हत्यामा संलग्न सबै दोषीलाई कारबाही हुने बताए । उनले भने, ‘दोषी जहाँ लुकेको किन नहोस्, सबैलाई खोजेर प्रदेश सरकार कारबाही गर्छ ।’
निरञ्जन रामको हत्यामा संलग्न रहेको अभियोमा प्रहरीले विजय रामसहित ७ जनालाई ईलाका प्रहरी कार्यालय गरुडाले पक्राउ गरेको थियो । हिरासतमा रहेका रामलाई प्रहरीले चरम यातना दिएकै कारण उनको मृत्यू भयो । उक्त घटनामा संलग्न रहेका एक प्रहरी निरीक्षक र दुई हबलदारलाई निलम्बन गरिएको छ ।
हत्या भएका निरञ्जन राम र एक महिलाको परिवारलाई समेत राहत स्वरुप आर्थिक सहयोग गर्ने मन्त्री यादबले बताएका छन् । मृतक विजय रामका परिवारलाई ५ लाख आर्थिक सहयोगको घोषणा प्रदेश २ सरकारले गरिसकेको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


