कोरोनाको सङ्क्रमणका कारण विश्वमा सात हजार स्वास्थ्यकर्मीको ज्यान गयो
काठमाण्डौ – एमनेस्टी इन्टरनेशनलले कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा अहिलेसम्म सात हजार स्वास्थ्यकर्मीको ज्यान गएको जनाएको छ ।
सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्यकर्मीको ज्यान गएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । मेक्सिकोमा अहिलेसम्म एक हजार ३ सय २० जना स्वास्थ्यकर्मीको ज्यान गएको छ ।
मेक्सिको पछि अमेरिकामा एक हजार ७७ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । यस्तै बेलायतमा ६ सय ४९ र ब्राजिलमा ६ सय ३४ स्वास्थ्यकर्मीको ज्यान गएको एमनेस्टीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । यस्तै भारत र दक्षिण अफ्रिकामा पनि स्वास्थ्यकर्मी जोखिममा परेका छन् ।
अहिलेसम्म भारतमा ५ सय ७३ र दक्षिण अफ्रिकामा २ सय ४० जनाको ज्यान गएको छ । उपचारमा खटिने स्वास्थ्यकर्मीकै ज्यान जानुले समस्या थप बढ्दै जाने देखिएको पनि एमनेस्टीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


