२५ दिनमा यूएईबाट हुँदैछ २८ उडान
काठमाण्डौ – यूएईबाट एक महिनाको अवधिमा २८ वटा उडान हुने भएको छ ।
गएको १६ गतेदेखि नियमित उडान खुलेसँगै यूएईबाट भोलि सेप्टेम्बर ५ देखि ३० सम्म हुने नियमित उडान तालिका सार्वजनिक भएको हो ।
यो अवधिमा नेपाल एअरलाइन्सले यूएईको दुबईबाट ७ वटा उडान भर्नेछ भने हिमालय एअरलाइन्सले आबुधाबीबाट ९ वटा उडान भर्नेछ । एअर अरेबियाले सारजहाबाट ६ उडान भर्नेछ भने फ्लाई दुबईले दुबई विमानस्थलबाट ६ उडान भर्नेछ ।
नेपाल एअरलाइन्सको सेप्टेम्बर ६ ,८, १३, १५, २०, २२ र २७ तारिखका लागि उडान तालिका तय भएको छ भने हिमालय एअरलाइन्सको सेप्टेम्बर ५, ८, १२, १५, १९, २१, २२ २६ र २९ तारिखको उडान तालिका तय भएको छ ।
यस्तै एअर अरेबियाको सेप्टेम्बर ६, १३, १८, २० , २७, ३० मा र फ्लाई दुबईको सेप्टेम्बर ८, ११, १५, २२, २५, २९ मा उडान हुनेछ ।
नियमित उडानमार्फत फर्कने यात्रुको पीसीआर परीक्षण नेगेटिभ भएको रिपोर्ट अनिवार्य साथमा हुनुपर्नेछ भने सीसीएमसीको अनलाइन फारम पनि भर्नपर्छ । त्यसको कपी वा बारकोर्ड अनिवार्य साथमा बोक्नुपर्छ ।
पीसीआर नेगेटिभ रिपोर्ट साथमा लिएर आउदा काठमाण्डौमा होटल क्वरेण्टीनमा बस्न पर्दैन । १४ दिन होम क्वरेण्टीनमा बस्नुपर्छ ।

-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


