भारत र चीनको उच्च राजनीतिक नेतृत्वबीच वार्ता
एजेन्सी-भारत र चीनबीचको सीमा विवाद सुरु भएको ४ महिनापछि पहिलोपटक उच्चस्तरीय राजनीतिक छलफल भएको छ । रुस भ्रमणमा रहेका दुई देशका रक्षामन्त्रीबीच शुक्रबार राती वार्ता भएको हो । सो भेटवार्ता झण्डै ४ महिनायता पूर्वी लद्दाखस्थित नियन्त्रण रेखा वरिपरि भएको २ देशका सेनाबीचको तनाव हटाउनमा केन्द्रीत रहेको जनाइएको छ ।
भारतीय मिडियाहरुका अनुसार मस्कोमा रहेका भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री विई फिङबीच सीमा विवाद समस्या समाधानमा केन्द्रीत रहेर छलफल भएको छ । सुरुमा चीनले वार्ताको प्रस्ताव राखिएको बताइएपनि वार्ताको वातावरण कसरी बन्यो भन्ने स्पष्ट भैसकेको छैन । दुबै देशका रक्षामन्त्री अहिले संघाई सहयोग संगठन(एससीओ) को बैठकमा भाग लिन मस्को भ्रमणमा रहेका छन् ।
पछिल्ला दिन ३० र ३१ अगष्टमा लद्दाखमा २ देशका सेनाबीच थप तनाव चर्किएको थियो । त्यसयता २ देशका सैनिक कमाण्डरहरुबीच पनि लगातार वार्ता भैरहेको छ । शुक्रबार पनि दुई पक्षका सैनिक कमाण्डरहरुबीच ३ घण्टा वार्ता भएको थियो । केही महिनाअघि लद्दाखमै भएको दुई पक्षीय झडपमा परेर थुप्रै भारतीय सेना मारिएका थिए ।
-
बेपत्ताहरूको संख्या यकिन गर्न अझै मुस्किल छ : प्राधिकरण
-
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मान्छे फसेको भेटिएन, धुन्चे फर्कियो सेनाको टोली
-
जनप्रतिनिधिकाे रास्वपा सदस्यतामाथि प्रश्न ! ‘सक्कली-नक्कली’ विवाददेखि गोपनीयता भंगसम्म
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
भदौ १४, २०८३
काठमाडौँ : भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७८८ पुगेको छ । नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म…


