स्याङ्जाका अपाङ्गता भएकालाई दुबइबाट दुई लाख सहयोग
स्याङ्जा।स्याङ्जाको गल्याङ नगरपालिका वडा नं ३ तल्लोगल्याङ निवासी देउमाया लोहोनीको परिवारलाई दुबइबाट दुई लाख रुपैया सहयोग रकम प्राप्त भएको छ ।
उहाँका २६ वर्षका छो रा शैलेश लोहोनी र १९ वर्षीया छोरी अप्सरा लोहोनी जन्मैदेखि भिन्न क्षमता (अपाङ्गता) भएकाले उनीहरुका लागि सहयोग रकम प्रदान गरिएको रकम संकलनमा नेतृत्व गर्नुभएका गल्याङ ९, बेलचौरका लिलामणि खनालले बताउनुभयो ।
रोजगारीको शिलशिलामा दुबइमा रहनु भएका खनालसहित १८ जनाले प्रदान गरेको रकम उनीहरुलाई केही दिन पहिले हस्तान्तरण गरिएको छ ।
रकम प्रदान गर्नेहरुमा हाल दुबइमा रहनु भएका लक्ष्मी शर्मा (कावासोती), लिलामणि खनाल गल्याङ ९ बेलचौर, ओमप्रकाश खनाल, गल्याङ ९ जामुने, झपेन्द्र खनाल, पाल्पा, भोला न्यौउपाने, गल्याङ, नन्दु राना गल्याङ ९ गेझा, देबि न्यौउपाने, बलाम बेल्टारी, इश्वरी न्यौपाने, अर्बिनी गुल्मी, दिनेश न्यौउपाने अर्बिनी गुल्मी रहेका छन् ।
त्यसैगरी गल्याङ नपाका यज्ञमुर्ति खनाल, केशब सुबेदी, कला गैह्रे, राजु भट्टराई, बसन्ती बस्याल, दिपा सुवेदी, मिर्मिका अग्निधर भटटराई, रुपन्देही सितलनगरका डिलाराज पान्डेले पनि सो परिवारलाई सहयोग रकम प्रदान गर्नु भएको हो ।
उहाँहरु सवैबाट संकलन गरिएको कुल दुई लाख दुई हजार नौ सय ५९ रुपैया संकलन भएको पनि लिलामणी खनालले जानकारी दिनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


