कोरोना बीमाको मापदण्ड सच्याउन शेखर गोल्छाको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।
निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बीमा समितिले मापदण्ड बनाएपछि गोल्छाले त्यसलाई सच्याउन आग्रह गरेका हुन् ।
सरकारले नै अनुमति दिएर परीक्षण गर्दै आएका निजी प्रयोगशालाको रिपार्ट नै मान्य हुँदैन भन्नु गलत भएको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए । बीमा समितिको यो मापदण्डका कारण सर्वसाधारणहरुले सास्ती पाउने र बीमाप्रतिको विश्वसनीयता पनि घट्ने उनले बताए ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा नै मापदण्डको विरोधसमेत गरेका छन् । ‘निजी प्रयोगशालाको रिपोर्टलाई मान्यता नदिने बीमा समितिको निर्णयले सर्वसाधारणलाई सास्ती हुनुका साथै बीमाप्रतिको विश्वसनीयता पनि घट्छ,’ उनले ट्वीटरमा लेखेका छन्, ‘कम्पनी, समिति र सरकारले यस समस्याको तुरुन्त समाधान खोजियोस् ।’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


