अर्घाखाँची कारागारमा कैद भुक्तान गरिरहेका एक व्यक्तीको मृत्यु
अर्घाखाँची । जिल्ला कारागार अर्घाखाँचीमा कैद भुक्तान गरिरहेका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
चोरी मुद्दामा कैद भुक्तान गरिरहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय कैदी विजय भनिने रामप्रसाद पाण्डेको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कारागारका निमित्त जेलर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार मृतक पाण्डेलाई मुटुको समस्या थियो । शनिवार साँझ उनको शरीर एक्कासि सुन्निन थालेपछी अर्घाखाँची अस्पतालमा उपचारका लागी लगिएको थियो । अस्पतालले स्वास्थ्य अवस्था जटिल रहेको बताएपछी उनलाई थप उपचारका लागि शनिवार साँझ नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगीएको थियो ।
उपचारकै क्रममा उनलाई राती १ बजे चिकित्सकले मृत घोषणा गरेका निमित्त जेलर आचार्यले बताए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


