६ वर्षीया वालिका बलात्कार गर्ने पक्राउ

गुल्मी-६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा कालीगण्डकी गाउँपालिका ४ पुर्तिघाट बजार बस्ने ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ।

श्रेष्ठले ती बालिकालाई भदौ १७ गते ललाई फकाई आफ्नै पसल पछाडि भान्सामा लागेर यौन दुर्व्यहार गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

TOP