पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
काठमाण्डाै – आज पाँच वटा प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशैभरकै मौसम बदली हुने र प्रदेश एक, दुई, वाग्मती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना छ ।
अहिले पनि केही ठाउँमा पानी परिरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज ठूलो पानी पर्ने सम्भावना छैन । राति पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ ।
मनसुनकाे अन्तिमतिर आइपुगेकाले केही ठाउँमा अचानक ठूलो पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम बढेको छ ।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…


