कोरोनाका बिरामीमा आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु
काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आयुर्वेदिक औषधिको परीक्षण प्रक्रिया सुरु भएको छ ।
प्रदेश ५ का झण्डै एक सय जनामा आयुर्वेदिक औषधिको परीक्षणको लागि प्रक्रिया सुरु गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताउनुभयो ।
परीक्षणका लागि सरकारले अनुमति दिइसकेको छ । यो औषधि सामान्य लक्षण देखिएकालाई दिने र त्यसपछि लक्षण र अस्पताल बसाइ कति घट्यो भन्ने हेर्नुको साथै रगतमा केही परिवर्तन आए नआएको जाँच गर्ने डा. ज्ञवालीले बताउनुभयो ।
जेठीमधु र त्रिकटुको मिश्रण बनाएर तयार गरिएको यस आयुर्वेदिक औषधि बिरामीलाई खाना खानुअघि खुवाउने उहाँले बताउनुभयो । मरीच, पिप्ली र सुकेको अदुवा बराबर मात्रामा मिलाएर त्रिकटु बनाइने उहाँले जानकारी दिनुभयो । तर त्यो औषधि गम्भीर समस्या देखिएकाहरुलाई नदिइने उहाँले बताउनुभयो । यो औषधिको कुनै पनि साइडइफेक्ट नरहेको उहाँले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


