निको भएका एक पत्रकारको अनुभवः कोरोनालाई जितिसक्दा पनि ‘लाञ्छना भोगिरहेँ’
नुवाकोट, । नेपाल पत्रकार महासंघ नुवाकोटका सचिव जगदिश खनाल कोरोना संक्रमित भएर जब जिल्ला अस्पताल नुवाकोटको आइसोलेसनमा उपचारका लागि पुग्नुभयो, त्यसपछि उहाँले सामाजिक भेदभाव, हेयभाव र लाञ्छनाको पीडादायी क्षणको सामना गर्नुप¥यो । विदुर नगरपालिका–४ घर भएका उहाँका परिवारका सदस्यले भोगेको पीडा अहिले खनालले कोरोनालाई जितिसकेर फर्किसक्दा पनि वरपरका छरछिमेकबाट हेरिने त्यो पुरानो अछुतरुपी दृष्टिकोण अझैँसम्म बदलिएको छैन । ‘सबैजसो साथीहरुबाट सहानुभूति पाए पनि छरछिमेकबाट हीन भावनाको सिकार बनेँ’–उहाँले दुःखेसो पोख्नुभयो ।
भदौ ३ गते संक्रमित भएर पाँच दिनको अस्पतालको आसोलेसन बसाईपछि पुनः नेगेटिभ आएपछि घरमा फर्किएको दुईसाता बितिसक्यो । ‘तर, आजसम्म पनि कोरोना संक्रमितको घर भनेर नराम्रो भावनाले हेरिन्छ, घर नै कोरोनाले जलिरहेजस्तो मानसिकताले अतिरिञ्जत भयो’ सामाजिक व्यवहार नमिठो भएको अनुभव सुनाउँदै खनाल भन्नुहुन्छ–‘पानी लिन घरबाहिर निस्कनसमेत बन्देज लगाएर अछुतको दर्जामा राखियो ।’ संक्रमित भइहाल्दैमा सबै नास भइहान्छ भन्ने सोच त्यागेर कोरोना संक्रमणबाट बच्न पालना गर्नुपर्ने न्यूनतम सर्तहरुलाई अनुसरण गरी सतर्क हुनतर्फ लागेमा मात्रै पनि सुरक्षित बन्न सकिने उहाँको बुझाइ छ ।
आफूलाई भने संक्रमणबाट जोगिन सतर्क हुँदाहुँदै पनि पोजेटिभ हुन पुगेको र कुनै पनि लक्षणहरु स्वास्थ्यमा नदेखिएको अनुभव सुनाउँदै खनालले आफू संक्रमित भएको खबर पाउँदा कति पनि विचलित नभई अस्पतालसँग सुझाव मागेर सोही अनुसार आइसोलेसनमा पुगेको बताउनुभयो । ‘कसरी म संक्रमित हुनपुगेँ भन्ने नै भेउ पाउन सकिएको छैन’, उहाँले भन्नुभयो–‘एकदिन काठमाडौं पुगेर आएँ । त्यही कारण संक्रमण भयो कि भन्ने पनि शंका लाग्यो तर, मैले कोहीसँग पनि त्यसरी नजिक रहेर भेटेको थिइन । आफैँ अचम्मित भएँ ।’
सकेसम्म संक्रमण हुन नदिन सचेत बन्नु नै उत्तम भएको बताउनुहुँदै उहाँले उच्च मनोबल र असल जीवन व्यवहार, व्यायाम र खानपान शैलीबाटै कोरोनालाई जित्न सकिने उहाँको अनुभव रहेको खबर आजको गोरखापत्रले छापेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


