कोरोना कहरः जोखिममा प्रहरी
काठमाडौं, भदौ २३ । शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ ।
सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा दुर्घटनामा ‘रेस्क्यु’का लागि तत्कालै पुग्नुपर्ने प्रहरीमाथि अन्य सुरक्षा संगठनमा भन्दा बढी जोखिम देखिएको छ ।
अझै काठमाडौं उपत्यकामा खटिएका प्रहरीमा अन्यत्रको भन्दा संक्रमणको जोखिम धेरै देखिँदै आएको छ । गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ यात्राको भीड नियन्त्रणका क्रममा खटिएका १८ प्रहरीमा भोलिपल्ट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन प्रहरीले पुल्चोकबाट पक्राउ गरेका १७ जनामध्ये ६ जनामा सोमबार संक्रमण पुष्टि भएको छ ।
यसैगरी, गोंगबु क्षेत्रमा दुई साताअघि भएको छुरा प्रहारको घटनामा पक्राउ परेका एक व्यक्तिलाई संक्रमण देखिएपछि गरिएको पिसिआर परीक्षणमा ती व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा खटिएका महराजगन्ज प्रहरी वृत्तका ३९ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो ।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार सोमबारसम्ममा नेपाल प्रहरीका २ हजार ३ सय २० जनामा संक्रमण पुष्टि भइसकेको छ आजको राजधानी दैनिकमा खवर छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


