कोरोना फैलिएको ठाउँमा एक घर, एक परीक्षण गर्न कांग्रेसको माग
काठमाडौं, । नेपाली कांग्रेसले समुदायस्तरमा कोरोना संक्रमण फैलिएको तथ्यगत अनुमान गरिएका क्षेत्रमा एक घर, एक परीक्षण गर्न आग्रह गरेको छ। सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले तीनै तहको सरकारलाई कोरोना संक्रमण विरुद्ध युद्धस्तरमा कार्य गर्न अपील गर्दै ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
कोभिड प्रतिकुलताका कारण ननकोभिड बिरामी पनि गम्भीर ढंगले प्रताडित भइरहेका छन् । सूचना, सञ्चार तथा प्रचार विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, भेन्टिलेटर नपाएर मृत्यु, एकपछी अर्को अस्पताल दौडन बाध्य भएर मृत्यु, संक्रमण आशंकामा उपचार नपाएर मृत्यु जस्ता घटना पटक–पटक हुनु भनेको राज्यको अस्तित्व माथिको गम्भीर प्रश्न हो ।
राजधानी लगायत मुलुकको आधा भू–भागमा निषेधाज्ञा र लक डाउनका कारण नागरिक जीवन कष्टकर बन्दै गएको ठहर गर्दै बैठकले नागरिकलाई स्थानीय तह मार्फत व्यवस्थित ढंगले राहत वितरण गर्ने गरी व्यवहारिक राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारलाई अपील गरेको छ।
यसैगरी बैठकले विधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन नेपाली कांग्रेसको बिधानको धारा ३७ को ज बमोजिम विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी दिएको छ। बैठकले नेपाली कांग्रेसको केन्द्रीय मुखपत्र ुनेपाल पुकारु प्रीन्ट र डिजिटल दुवै माध्यममा प्रकाशन गर्ने निर्णय गरेको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


