बागलुङ पहिरोमा हराएका एकजना अझै फेला परेनन्
सुजन प्रेमी, बागलुङ । गत साउन १० गते बागलुङको रामरेखा पहिरोमा हराएका अझै भेटिएका छैनन् । बागलुङ बजारछेउमा सुख्खा पहिरो जाँदा बेपत्ता भएका ट्रिपर चालक निर्मल पुन अझै नभेटिएका हुन् ।
स्थानीयहरुको सकृयतामा प्रहरीले पटक–पटक खोजी गरे पनि अहिलेसम्म फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यलय बागलुङ प्रहरी सहायक निरिक्षक टेकबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
“स्थानियहरुले त्यहाँबाट गन्ध आउन थालेको छ भन्न थाले, त्यसपछि पनि हामीले खोजी ग¥यौँ तर फेला पार्न सकिएन, पटक–पटकको खोजी असफल हुँदै आएको छ” उहाँले भन्नुभयो । प्रहरीले खोजीकार्य अझै जारी राखेको उहाँको भनाइ छ ।
पहिरो गएदेखि नै खोजी जारी राखे पनि निरन्तरको बर्षाले समस्या पार्दै आएको थियो । साउन ११ गते एक जनाको शव भेटिए पनि साँझामा पानी परेपछि प्रहरीले खोजीकार्य स्थगित गरेको थियो ।
साउन १० गते साँझ सडकमा बिछ्याउने कच्चापदार्थ निकाल्दै गर्दा बजार छेउ पुरानो ट्रायल सेन्टरस्थित निरयघाट जाने बाटोमा सुख्खा पहिरो जाँदा एउटा डोजर र ट्रिपर पुरिएको थियो भने ट्याक्टरलाई पहिरोले बगाएर कालीगण्डकी नदीको किनारमा पु¥याएको थियो ।
घटनापछि सोही दिन राति डोजर चालक राजु माझीे घाइते अवस्थामा सम्पर्कमा आएका थिए । भोलिपल्ट ट्याक्टर चालक रोशन नेपाली भनिने धनबहादुर किसानको शव भेटिएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


