दसैंअघि नै होला त कक्षा १२ को परीक्षा ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा चरण–चरणमा गर्ने तयारी गरेको छ ।

कोरोना भाइरसको असर नरहेका जिल्लामा पहिलो चरणमा परीक्षा गर्नेगरी बोर्डले प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको हो ।

विभिन्न विकल्पका विषयमा छलफल भइरहेको र सरकारले स्वीकृति दियो भने कोरोनाको असर नभएका ठाउँमा पहिलो चरणमा परीक्षा गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताउनुभयो ।

‘सरकारले स्वीकृति दिएको खण्डमा कोरोना प्रभाव रहेकै अवस्थामा पनि पहिलो चरणको परीक्षा दसैँअघि नै गर्न सकिन्छ’, उहाँले भन्नुभयो ।

कक्षा १२ को परीक्षा गत ८ वैशाखका लागि तोकिएको थियो । कोरोनाका कारण स्थगित भएको परीक्षाका विषयमा सरकारले हालसम्म कुनै निर्णय गर्न सकेको छैन । परीक्षाका विषयमा निर्णय नहुँदा विद्यार्थी अन्योलमा परेका छन् ।

TOP