कोरोनाले जुराएको अवसर : १० वर्षदेखि बाँझो जमिनमा भैँसी पालन र कागती खेती
लमजुङ – लमजुङको राइनास नगरपालिका १ काे साइलीटारमा सामूहिक भैँसी पालन सुरु गरिएको छ । १० वर्षदेखि बाँझो जमिनमा ३४ जना स्थानीय आबद्ध ‘दीगो कृषि व्यवस्थापन तथा अनुसन्धान सहकारी’ मार्फत भैँसी पालन सुरु गरिएको हो ।

सुरुवातका चरणमा २० वटा थारा भैँसी र प्रजननका लागि एउटा राँगा पालिएको सहकारीका अध्यक्ष खिला शर्मा घिमिरेले बताउनुभयो । कम लगानी, समय र श्रममा धेरै आम्दानी लिन सकिने भएकाले सामूहिक रुपमा भैँसी पालन व्यवसाय सुरु गरिएको उहाँले बताउनुभयो ।
सहकारीमा आबद्ध सदस्यले प्रतिव्यक्ति २० हजार रुपैयाँ सङ्कलन गरी वीरगञ्जबाट मुर्रा जातको थारा भैँसी ल्याइ व्यवसाय सुरु गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयाे ।

यस्तै उहाँले बाली गएको भैँसी र दुहुना भैँसी फर्मबाट बेचिने जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, ‘थारा भैँसी फर्ममा ल्याएर पाल्छौँ । बाली गएको भैँसीका साथै दुहुना भैँसी फर्मबाटै सजिलै बिक्री हुन्छ । राम्रो आम्दानी हुन्छ ।’
उहाँका अनुसार प्रति थाराे भैँसीको मूल्य ३५ देखि ४० हजार रुपैयाँसम्म पर्छ । बाली गएको भैँसी झण्डै एक लाख र दुहुना भैँसी डेढ लाख रुपैयाँसम्म बिक्री हुन्छ ।
कोरोना भाइरसले अहिले असहज परिस्थिति सिर्जना गरेकाले सहज परिस्थित सिर्जना भएसँगै दुहुना भैँसी पाल्ने र दूध सङ्कलन र बिक्री कार्यलाई पनि अघि बढाइने लक्ष्य रहेको उहाँको भनाइ छ ।

कोरोनाले निम्त्याएको यो सङ्कटपूर्ण समयलाई पनि आफूहरुले अवसरको रुपमा उपयोग गरी खेर गएको बाँझो जमिनको उपयोग गरी कृषि तथा पशुपालनलाई अघि बढाइएको घिमिरेले बताउनुभयो । दुई सय रोपनी जग्गामा मसार कागती पकेट क्षेत्र अन्तर्गत कागती खेती पनि सुरु गरिएको छ ।

कृषि ज्ञान केन्द्रको सहयोगमा गजेन्द्रराज घिमिरे अध्यक्ष रहेको मसार कागती पकेट क्षेत्रले दुई सय रोपनी जग्गामा ४५ सय सुन कागती जातको कागतीका बिरुवा लगाइएको पनि घिमिरेले बताउनुभयो । कागती खेतीका लागि उचित सिँचाइको पनि व्यवस्था गरिएको छ ।

सामूहिक भैँसी पालन र कागती खेतीको रेखदेखमा समूहमा आबद्ध सदस्यहरु पालैपालो खटिन्छन् । ‘व्यवसायबाट आएको मुनाफा आपसमा बराबर बाँड्ने गरिएको छ ।
केही समयमै भैँसी पालनलाई थप विस्तार गरिनुका साथै केही समयमै माछा पालन, केरा खेती, मौरी पालन र बाख्रापालन पनि सुरु गरिने सहकारीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


