६४९ पालिकामा अस्पताल बनाउन १० लाखका दरले रकम पठाइयो, डाक्टर र नर्स अनिवार्य
काठमाण्डाै – सरकारले प्रत्येक पालिकामा कम्तिमा पाँच शैयाको कोरोना विशेष अस्पताल बनाउन १० लाख रुपैयाँका दरले रकम पठाएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालले ६ सय ४९ वटा पालिकामा १० लाख रुपैयाँका दरले रकम पठाइसकेकाले छिटो भन्दा छिटो अस्पताल सञ्चालनको व्यवस्था मिलाउन सबै पालिकालाई पत्राचार गरेको छ ।
सरकारले प्रतिबेड दुई लाख रुपैयाँका दरले प्रत्येक पालिकालाई तीन महिनाको लागि १० लाख रुपैयाँ पठाएको छ । यो रकममध्ये बेड, स्ट्यान्ट र लकरसहितका उपकरणको लागि पाँच लाख, एक जना डाक्टर, दुई जना नर्स र एकजना सहयोगीको लागि चार लाख ५० हजार रुपैयाँ र औषधिमा ५० हजार रुपैयाँ खर्च गर्नुपर्नेछ ।
कार्यप्रगतिका आधारमा तीन महिनापछि अस्पताललाई निरन्तरता दिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अस्पताल सञ्चालनको लागि मन्त्रालयले सबै पालिकामा मार्गदर्शन पनि पठाएको छ ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


