सरकार भू–माफियाको प्रभावमा परेको किसान संघको आरोप
काठमाडौं । सरकारले ०७२ सालदेखि रोक्का रहेको जग्गाको कित्तासम्बन्धि व्यवस्थालाई फुकुवा गरेकोप्रति नेपाल किसान संघको आपत्ति जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै भूमि माफियाहरुको प्रभावमा परेर सरकारले यस्तो निर्णय गरेको जनाएको छ ।
‘नेपाल सरकार भूमिसुधार तथा व्यवस्था मन्त्रालयले ०७२ सालदेखि रोक्का रहेको जग्गाको कित्तासम्बन्धि व्यवस्थालाई एकाएक फुकुवा गरेकोप्रति नेपाल किसान संघको गम्भीर ध्यानाकर्षण भएको छ’, सभापति भानुभक्त सिग्देलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जमिनको जथाभावी प्रयोगले कृषियोग्य जमिन एकाएक घडेरीमा परिणत भइ उत्पादकत्वमा आएको ह्रास आएको छ । यसले किसान र कृषि व्यवसायमा परेको नकरात्मक प्रभावलाई अन्त्य गर्न गरिएको व्यवस्थालाई भूउपयोग नीतिका कुरा र नियमावलीहरु प्रयोगमै नआउँदै फुकुवा हुनुमा भूमाफियाहरुको चलखेल देखिन्छ ।’
संघले हठातमा गरिएको यो निर्णय तत्काल फिर्ता गर्न माग गर्दै अन्यथा आफूहरुले कठोर कदम चाल्ने चेतावनी दिएको छ ।
‘किसान र कृषि उत्पादकत्वमा प्रत्यक्ष प्रभाव पार्ने भूउपयोग नीतिको पूर्ण कार्यन्वयनको प्रत्याभूति नहुँदै हठात गरिएको यो निर्णय तत्काल र्फिता लिनन किसान संघ सरकारसँग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा जस्तोसुकै कठोर कदम चाल्न किसान संघ वाध्य हुनेछ ।’

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


