काठमाण्डौमा शर्तसहित यातायात र पसल सञ्चालन गर्न पाइने

काठमाण्डाै – काठमाण्डौमा शर्तसहित यातायात र व्यापार क्षेत्र खुला हुने भएका छन् । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले मापदण्ड बनाएर यातायात, पसल सञ्चालन गर्न दिइने तर अन्य क्षेत्रको निषेधाज्ञा ३१ गतेसम्म थप्ने निर्णय गरेको हो ।

यातायात क्षेत्रमा जोर बिजोर प्रणाली लागू गर्ने र पसल शर्तसहित खोल्न दिने निर्णय भएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो ।

काेराेना भाइरसकाे सङ्क्रमण बढेपछि भदौको ३ गतेदेखि सुरु भएको निषेधाज्ञा दुई पटक थपेर आज (बुधबार) सम्म पुर्‍याइएकाे थियो । निषेधाज्ञा लगाए पनि सङ्क्रमितको सङ्ख्या भने बढिरहेकाे छ । 

निषेधाज्ञाको कारण व्यापार व्यवसाय बन्द हुँदा श्रमिकको बिचल्ली भएको भन्दै निषेधाज्ञा हटाउन चौतर्फी माग भइरहेको छ । 

TOP