रिया चक्रवर्तीले जमानतको लागि मुद्दा हालिन्
एजेन्सी, २५ भाद्र । बलिउड नायक सुशान्त सिंह राजदुतको निधनसँग जोडिएको मादक पद्धार्थ सम्बन्धि अभियोगमा गिरफ्तार अभिनेत्री रिया चक्रवर्तीले बुधबार मुम्बईको एक सत्र अदालतमा जमानत मुद्दा दायर गरेकी छिन् । आज यस विषयमा अदालतले सुनुवाई गर्नेछ । मादक पदार्थ नियन्त्रण ब्युरोले रियालाई गिरफ्तार गरेको थियो । मंगलवार मजिस्ट्रेट अदालतले उनको जमानत अस्विकार गरेको थियो । त्यसपछि रियाले जमानतको लागि दोस्रो पटक प्रयास गरेकी हुन् ।
रियाका वकिल सतीशद्धारा दायर गरिएको मुद्दामा २८ वर्षिया नायिका रियालाई निर्दोष दाबी गरिएको छ । मुद्दामा रिया अपराधी नभएको र फसाइएको बताइएको छ । एनसीबीले ३ दिनको सोधपुछ पछि उनलाई गिरफ्तार गरेको थियो । उनलाई २२ सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राख्नेछ ।
रियालाई दक्षिण मुम्बई स्थित कार्यालयबाट भायकुला जेलमा लगिएको छ । रियाको भाई शोविक, सुशान्तका प्रबन्धक सामुअल, निजी कर्मचारी सावन्त र मादक पदार्थ कारोवारी जैद विलात्रा र बब्दुल बासित हिरासतमा छन् । शोविक र सामुअलको लागि पनि जमानतको मुद्दा दायर भएको छ उनीहरुको आज नै अदालतमा सुनुवाई हुनेछ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


