नवलपरासीमा मध्यबिन्दु जिल्ला अस्पतालको सेवा प्रतिक्षालयबाट
नवलपरासी – नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोतीमा रहेको मध्यबिन्दु जिल्ला अस्पतालले प्रतिक्षालयबाट ओपीडी सेवा दिन थालेको छ ।
जिल्ला अस्पतालका एक स्वास्थ्यकर्मी र एक कार्यालय सहयोगीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालबाहिरको प्रतिक्षालयबाट सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल गौतमले बताउनुभयो ।
बिहान १० बजेदेखि चार बजेसम्म अस्पतालबाहिरकै प्रतिक्षालयबाट सेवा दिइने उहाँले बताउनुभयो । जिल्ला अस्पतालमा आउने बिरामीले उपचार नपाएर फर्किन नपरोस् र कोरोनाको जोखिम पनि कम होस् भनेर यसरी सेवा दिन थालिएको उहाँले बताउनुभयो ।
अस्पतालका कुनै पनि सेवा नरोकिएको डा. गौतमको भनाइ थियो । बिरामीको चापको अवस्था हेरेर केही दिन बाहिरबाटै सेवा दिइने उहाँले बताउनुभयो ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…


