न्यायकाे लागि पहल गरेकाे भन्दै अमिताभ बच्चनले दिए उज्ज्वल थापालाई बधाई
काठमाण्डाै – बलिवुड अभिनेता अमिताभ बच्चनले एसिड पीडितको न्यायको लागि सङ्घर्ष गरेको र दाेषीलाई कारबाहीकाे लागि पहल गरेकाे भन्दै नेपालका उज्ज्वल विक्रम थापालाई बधाई दिएका छन् ।
सोमबार सामाजिक सञ्जाल ट्विटरमार्फत अभिनेता बच्चनले थापालाई बधाई दिएका हुन् । अमिताभले ट्वीटमा लेखेका छन्, ‘एसिड पीडितको लागि तपाईँले गनुएभएको सङ्घर्ष र कठिन कार्यले शेरवुड कलेजमात्र नभइ तपाईँको देश नेपाललाई पनि गौरव महसुस गराएको छ ।’
साथै अमिताभले समाजसेवी थापालाई यस्तै राम्रो कामलाई निरन्तरता दिन शुभेच्छा प्रकट गरेका छन् ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


