जग्गा कित्ताकाट फुकुवा गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे अल्पकालीन अन्तरिम आदेश
काठमाण्डाै – सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवासम्बन्धी निर्णय कार्यान्वयन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
अधिवक्ता नवराज पाण्डे, सन्तोष भण्डारी र सुजन नेपालले भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिनुभयो ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै रिट निवेदक र सरकार दुवै पक्षलाई असोज ८ गते छलफलमा बोलाएको छ । असोज ८ गते छलफल हुने भएकोले त्यस बेलासम्मका लागि निर्णय कार्यान्वयनमा रोक लागेको प्रवक्ता पोखरेलले बताउनुभयो ।
२०७४ साउन २६ गते भूमि व्यवस्था मन्त्रालयले प्लटिङ गर्न स्वीकृति लिएको र अंशबण्डा गर्ने बाहेक जग्गा कित्ताकाटमा रोक लगाएको थियो । तर गएको १८ गते मन्त्रिस्तरकै निर्णयले २०७४ साउन २६ गतेको निर्णय बदर गर्दै कित्ताकाट फुकुवा गरेको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


