सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प
काठमाण्डाै – सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।
सिन्धुपाल्चोक तथा काठमाण्डौ उपत्यका सहित आसपासका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर १९ मिनेटमा राम्चे केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।
भूकम्पको धक्कापछि नागरिक घरबाहिर निस्केका थिए । २०७२ सालको विनाशकारी भूकम्पले पनि सिन्धुपाल्चोकमा सबैभन्दा धेरै क्षति गरेको थियो । भूकम्पकै कारण जमिनमा धाँजा फाटेपछि सिन्धुपाल्चोकमा यो वर्षको मनसुनमा बाढी पहिरोले सबैभन्दा धेरै क्षति गरेको छ ।
भूकम्पपछि परकम्प जान छाडेको छैन । यो पनि २०७२ सालकै भूकम्पको पराकम्प भएको भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी जानकारी दिनुभयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


