कपिलवस्तुमा निषेधाज्ञा खुकुलो
अर्का सूचना जारी नभएसम्मका लागि कपिलवस्तुमा निषेधाज्ञा खुकुलो पारिएको छ। कोरोना भाइरस अझै फैलन सक्ने जनाउदै लकडाउनलाई जारी राखिए पनि सरकारी कार्यालय, बैक, बजार हाटेल, यातायात भने खुला गर्ने निर्णय गरिएको हो। भदौ ३१ गतेसम्मका लागि जारी रहेको निषेधाज्ञा असोज १ गतेदेखि कायम गरिएको हो।
जिल्लामा गत साउन २२ गतेबाट लकडाउन कायम छ। सकृय संक्रमितको संख्या घटेको र ब्यापारीहरुको आग्रहपछि सो निर्णय गरिएको हो। प्रजिअ दीर्घनारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद ब्यवस्थापन समितिको प्रशासन कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३ ) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम सो निर्णय गरिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए।
सजगता अपनाई संक्रमणको बिस्तारलाई रोक्न सो निर्णय गरिएको प्रजिअ पौडेलले बताए। शेक्षिक संस्था, तालिम सभा गोष्ठी, मन्दिरमा पूजापाठ लगातयका कार्यमा भने रोक लगाइएको छ। संचालन गर्र्न दिइएका क्षेत्रहरुमा अनिवार्यरुपमा सामाजिक दूरी कायम गर्नु पर्ने प्रावधान राखिएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


