मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड बन्द
काठमाण्डाै – पहिरो खसेपछि मध्यपहाडी पुष्पलाल लोकमार्गको बाग्लुङ खण्ड बन्द भएको छ ।
बाग्लुङको काठेखोला गाउँपालिका-५ इनारपानी र गलकोट नगरपालिका-९ बाँसखोलामा पहिरो खसेपछि लोकमार्ग बन्द भएको हो । आज बिहानदेखि लोकमार्गमा गाडी ठप्प भएका छन् । बुर्तिबाङ, खरबाङ, गलकोटलगायतका ठाउँबाट छोटो तथा लामो दूरीमा चल्ने गाडी र यात्रुबीचमै रोकिएका छन् ।
डोजर लगाएर पहिरो हटाउने काम थालिएको र दिउँसोसम्म सडक खुल्ने बाग्लुङका ट्राफिक प्रहरी प्रमुख शिव पाठकले बताउनुभयो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


