जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई अस्पताल सारियो
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएससहितका चिकित्सा क्षेत्रका मागसहित एक हप्तादेखि अनसनरत डाक्टर गोविन्द केसीलाई अस्पताल सारिएको छ ।
डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा सारिएको हो । गएराति साढे एक बजे अनसनस्थल चन्दननाथ नगरपालिका वडा नम्बर ६ रानीचौर बाबिरा मन्दिर धर्मशालाबाट अस्पताल पुर्याइएको हो । स्वास्थ्यकर्मीको २४ घण्टा निगरानी हुने ठाउँमा पुर्याउनुपर्ने प्रतिवेदनपछि अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।
केसीलाई आईसीयूमा भर्ना गरिए पनि कुनै पनि उपचार गर्न नमानेको उपचारमा खटिएका डाक्टर प्रवीण गिरीले जानकारी दिनुभयो । डाक्टर केसीको मुटुको चाल बढेको, श्वास प्रश्वासमा समस्या बढ्दै गए पनि स्लाइन, अक्सिजन लिन नमानेको उहाँले बताउनुभयो । प्रहरीले अस्पताल ल्याएपछि आफूलाई अपहरण शैलीमा अस्पताल ल्याइएको डाक्टर केसीले प्रतिक्रिया दिनुभएको छ । केसीले चिकित्सा क्षेत्रका विभिन्न मागहरुसहित १९ औं अनसन सुरु गर्नुभएको हो।
बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै
भदौ १५, २०८३
कृष्णनगर, १५ भदौ । कपिलवस्तुको बहादुरगञ्जमा आगामी २०८३ साल भदौ २० गते शनिबार निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ…


