कपिलवतस्तुमा बाढिले विद्युत प्रविधिकरणको जिप बगायो, १ को मृत्यु २ जनाको बेपत्ता
कपिलवस्तुमा बाढीले जिप बगाउँदा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिकाको कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मी रेशुंगा ९ उपल्लो तम्घासका सवारी चालक ३५ बर्षीय माधव पाण्डे रहेका छन् ।
बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत मर्मत गरेर फर्किने क्रममा बा १ च १०८९ नम्वरका जिपलाई बुधवार बाढीले बगाएको थियो । बिद्युत प्राधीकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल, र नाम नखुलेका एक जना बेपत्ता भएका छन् । जिपमा ४ जना बिद्युतका कर्मचारी र २ जना सर्वसाधरण सवार थिए ।
घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न समस्या भएको उहाँले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


