आजदेखि लगातार झरी नपर्ने, केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना
काठमाण्डाै – आजदेखि पानी कम पर्दै जाने मौसमविद्ले बताएका छन् ।
हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले बताउनुभयो । तर केही ठाउँमा भने आज पनि ठूलो पानी पर्ने संभावना रहेको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रदेश १ र २ का थोरै तथा वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई ठाउँमा आज पनि ठूलो पानी पर्ने संभावना छ । अरु ठाउँमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुनेछ । तर हिजोअस्तिको जस्तो लगातार झरीको संभावना भने नभएको मौसमविद् पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुदूरपश्चिमबाट मौसम खुल्दै गएको छ । तर देशभरिकै मौसम पूर्णरुपमा खुल्न भने समय लाग्नेछ । आज दिउँसो एकैछिन घाम लागे पनि फेरि बादल लाग्ने उहाँको भनाइ छ । तर भोलिदेखि भने मौसम खुल्दै जाने उहाँले बताउनुभयो । यो प्रणाली हटेपछि बिस्तारै मनसुन सकिने र चिसो बढ्दै जाने छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


