वृद्धाको हत्या र लुटपाट गरी फरार व्यक्ति दमौलीबाट पक्राउ
किरण श्रेष्ठ, तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले वृद्धाको हत्या र लुटपाट गरी फरार व्यक्तिलाई तनहुँको दमौलीबाट ८ घण्टामै पक्राउ गरेको छ ।
शुक्रबार बिहान ७ बजे समयमा तनहुँको शुक्लागण्डकी ७ कुम्लेखोलामा सोहि स्थान बस्ने ६० वर्षिया वृद्धा तेज कुमारी ढकाल आफ्नै घरभित्र मृत फेला पर्नुभएको थियो ।
ढकालको शव आफ्नै घरभित्र भुईमा दुबै हात, खुट्टा र घाँटीमा सलले बाँधिएको अवस्थामा फेला परेको थियो ।
उक्त घटनामा संलग्न व्यक्तीहरुको खोजतलास गर्दा घटनामा संलग्न रही तत्काल फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका–१ बसेनी बस्ने ४६ वर्षिय शिव गौतम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गौतमलाई शुक्रबार दिउसो ३ बजेको समयमा व्यास नगरपालिका वडा नं २ सहिदगेटबाट हुलिया परिवर्तन गरी हिडिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेल समेतको टोली घटनास्थलमा गई घटनाको सुक्ष्म रुपमा अनुसन्धान गर्दा शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी मृत्यु भएको देखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
गौतमलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


