छतबाट खस्दा १३ वर्षीया बालिकाको मृत्यु
झापा । झापामा घरको छतबाट झर्दा १३ वर्षीया बालिकाको मृत्यु भएको छ।
बिहीबार राति १० बजे बिर्तामोड नगरपालिका-५ स्थित घरको छतबाट खसेर १३ वर्षीया कृतिका भण्डारीको मृत्यु भएको हो। उनी राति खाना खाएर घरको छतमा गई तल हेर्ने क्रममा अचानक लड्दा गम्भीर घाइते भएकी थिइन्।
गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको झापा प्रहरी कार्यालयले जनाएको छ। मृतक कृतिका ५ दिन अघि काठमाडौंबाट मावली घरमा गएकी थिइन्।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…


