अर्घाखाँची : जमिन भासिएपछि २६ घर भत्किए, गाउँ नै पहिरोको जोखिममा
अर्घाखाँची – अर्घाखाँचीमा जमिन भासिएपछि २६ वटा घर भत्किएका छन् भने ४० घर रहेको गाउँ नै पहिरोको जोखिममा परेको छ ।
शितगंगा नगरपालिका वडा नम्बर १२ को कोठिया मैदानमा जमिन भासिनुको साथै पहिरोसमेत गएपछि गाउँ नै विस्थापित भएको स्थानीय हरिप्रसाद गैरेले बताउनुभयो । गाउँको तीनतिरबाट पहिरो जाँदा केही घर बगाएको र धेरै घर जमिन भासिएर ढलेका उहाँले बताउनुभयो ।
यसअघि १० मिटरको दूरीमा रहेका दुई घर अहिले जमिन भासिएर झण्डै ४० मिटरको दूरीमा पुगेका छन् । घरमा पालेका भैंसी, गाई, गोरु, बाख्राहरु यत्रतत्र भएका छन् । घरमा बचेका भएका सामान स्थानीय बासिन्दा, प्रहरी र नेपाली सेनाले निकालेका छन् ।
भत्किएको घरमा भएका लत्ता कपडा अन्नपात, गरगहना सबै पुरिएको छ । एकाएक जमिन भासिन थालेपछि गाउँमा भागाभाग चलेको वडाध्यक्ष गैरेले बताउनुभयो । अहिले पनि जमिन भासिने र पहिरो जाने क्रम रोकिएको छैन ।
गाउँ नै खतरामा परेपछि उनीहरुलाई कहाँ राख्ने भन्ने बारेमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पौडेलले बताउनु भयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


