ब्याडमिन्टनका खेलाडी अभ्यासमा फर्किए
काठमाण्डाै – ब्याडमिन्टनका खेलाडी अभ्यासमा फर्किएका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा ब्याडमिन्टन खेलाडीले आजदेखि अभ्यास थालेका हुन् । दुई घन्टा सरसफाई गरेपछि कोरियन प्रशिक्षक चोई सिउन कुकले पहिलो दिन आज खेलाडीलाई सामान्य अभ्यास गराएका छन् ।
तीन महिनाअघि नेपाल आएका प्रशिक्षक चोईले पहिलो चरणमा खेलाडीको फिटनेसलाई ध्यान दिने बताएका छन् । लामो समयदेखि हुन नसकेको अभ्यासमा फर्किन पाउँदा खेलाडी उत्साहित भएका छन् । कोरोना भाइरसका कारण कोर्टबाहिर रहेका खेलाडीमा उमङ्ग छुट्टै देखिन्थ्यो । तर पहिलो दिन खेलाडी कभर्डहलमा पस्दा हलको अवस्था भने दयनीय देखियो ।
एकातिर कभर्डहल मर्मत सम्भार काम भइरहेको थियो भने अर्कोतिर खेलाडी आफैँ सरसफाईमा जुट्दा अभिभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) भने यस बारेमा बेखबर थियो । प्रशिक्षणको पहिलो दिन १० खेलाडी उपस्थित थिए ।
कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण ठप्प भएको नेपालको खेलकुद क्षेत्र भने अझै चलायमान हुन सकेको छैन ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


