कोरोना निको हुने दर सार्ककै कम
काठमाडौं, नेपालमा कोरोना संक्रमणबाट निको हुने दर सार्क मुलुककै कम पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार निको हुने दर ७३।४ प्रतिशत छ । हालसम्म कोरोना संक्रमणबाट ५३ हजार ८ सय ९८ जना निको भएका छन् ।
सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने दर सबैभन्दा बढी छ । पाकिस्तानमा ९५।४ प्रतिशत, श्रीलंकामा ९४।४ प्रतिशत । त्यसपछि तेस्रोमा माल्दिभ्स छ । त्यहाँ निको हुने दर ८३।२, भारतमा ८२।६ प्रतिशत छ । त्यसपछि अफगानिस्तानमा ८३।२, भारतमा ८२।१, भुटानमा ७५।३ र बंगलादेशमा ७४।८ प्रतिशत छ । नेपालमा पछिल्लो २४ घण्टा ९आइतबार अपराह्नसम्म० मा ८ सय ८५ जना मात्रै डिस्चार्ज भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी सार्क राष्ट्रमध्ये कतिपयले विशेष औषधिको प्रयोग गरिरहेको हुन सक्ने बताउँछन् । ‘बंगलादेशलगायत केही मुलुकले विशेष औषधि चलाएका पनि छन् । त्यसकारण पनि नेपालबाहेकका मुलुकमा कोरोनाबाट निको हुने दर बढेको हुन सक्छ, डा मरासिनी भन्छन् ।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


