बढी शुल्क लिएर कोरोना परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको मौन समर्थन
काठमाण्डौ । सरकारले तोकेकोभन्दा बढी शुल्क लिएर कोरोना भाइरसको परीक्षण गर्ने निजी प्रयोगशालालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौन समर्थन जनाएको छ । हिंजो मन्त्रालयमा भएको छलफलमा मन्त्रालयको मौन समर्थन पाएपछि निजी प्रयोगशालाले पिसिआर परीक्षण गर्न तीन हजार आठ सय ९९ रुपैयाँ नै लिने जनाएका छन ।
पिसिआर परीक्षणका लागि निजी प्रयोगशालाले सरकारले तोकेभन्दा बढी शुल्क लिइरहेको विषयमा समाचारहरु प्रकाशित भएका थिए । त्यसलाई लिएर हिंजो स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाका प्रतिनिधिसँग छलफल गरेको हो । शुल्क घटाउन दबाब दिनुको सट्टा मन्त्रालयमै बोलाएर छलफल गरी मौन समर्थन जनाएको छ । पिसिआर परीक्षणका लागि सरकारले चार हजार पाँच सयबाट घटाएर दुई हजार शुल्क तोकेको थियो । तर, निजी प्रयोगशालाले तीन हजार आठ सय ९९ रुपैयाँभन्दा तल परीक्षण गर्न नसकिने अडान लिएका छन्।
छलफलमा निजी प्रयोगशालाका सञ्चालकले काठमाडौं मेडिकल कलेजले राजनीति गरेर सस्तोमा सेवा दिएको, बिध ल्याबले किटको म्याद सकिन लागेकाले सस्तोमा गरेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई दबाब दिएका थिए । काठमाडौं मेडिकल कलेज, बिध ल्याब र कोरिया मैत्री अस्पतालले सरकारले तोकेकोभन्दा एक रुपैयाँ सस्तोमै गुणस्तरीय पिसिआर परीक्षण गरिरहेका छन् । स्वास्थ्यमन्त्री ढकालले मौन समर्थन जनाएपछि निजी प्रयोगशालाले संयुक्त विज्ञप्ति जारी गरी यसअघि लिइरहेको शुल्कभन्दा कममा परीक्षण गर्न नसकिने जनाएका छन् ।
स्टार अस्पताल प्रयोगशाला, ह्याम्स अस्पताल प्रयोगशाला, बी एन्ड बी प्रयोगशाला, नेपाल मेडिसिटी अस्पताल प्रयोगशाला, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टर, सार्य हेल्थकेयर प्रालि, सेन्टर डायग्नोस्टिक ल्याब्रोटरी एन्ड रिसर्च सेन्टर, इन्ट्राप्रिड डायग्नोस्टिक सेन्टर प्रालिले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित रूपमा प्रति नमुना तीन हजार आठ सय ९९ रुपैयाँ लिने बताएका छन् । यसमा स्वास्थ्य मन्त्रालयसमेत सकारात्मक देखिएको उनीहरूको विज्ञप्तिमा उल्लेख छ । सन्तुलित र न्यायोचित शुल्क निर्धारण नहुँदासम्म टीकाटिप्पणी नगर्न पनि सञ्चालकहरूले आग्रह गरेका छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


