यो वर्षको पद्मश्री पुरस्कार रद्द
काठमाण्डाै – यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको छ । सञ्जीव उप्रेती र मोदनाथ प्रश्रितलाई पुरस्कार दिने निर्णय विवादास्पद भएपछि यो वर्षको पद्मश्री पुरस्कार रद्द भएको खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले जनाएको छ ।
अस्ति आइतबार यो वर्षको पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ र पद्मश्री साधना सम्मान मोदनाथ प्रश्रितलाई प्रदान गर्ने निर्णय गरेको थियो । पुरस्कार दिने निर्णय भएकै दिन मोदनाथ प्रश्रितमाथि यौन उत्पीडनको आरोप रहेकाले उहाँसँग बसेर पुरस्कार नलिने उप्रेतीले बताउनुभएको थियो ।
यस्तै गलत आरोप लगाएर विवादमा तान्न खोजिएको भन्दै प्रश्रितले समेत पुरस्कार नलिने बताएपछि प्रतिष्ठानले यो वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।
पुरस्कारका लागि छनोट भएका दुवै प्रतिभाले पुरस्कार अस्वीकार गर्ने घोषणा गरेपछि उनीहरुको इच्छालाई कदर गर्दै यस्तो निर्णयमा पुग्नु परेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष लामिछानेले प्रतिष्ठानको उद्देश्य कसैको भावना र संवेदनामा ठेस पुर्याउने नभएको तर उत्पन्न भएको असहजताको लागि दुःखी भएको बताउनुभएको छ ।
प्रतिष्ठानले २०६३ सालदेखि प्रत्येक वर्षको उत्कृष्ट कृतिका लागि पद्मश्री साहित्य पुरस्कार र समग्र साहित्य क्षेत्रमा गरेको योगदानका आधारमा पद्मश्री साधना सम्मान प्रदान गर्दै आएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


