कोरोना संक्रमणबाट वृद्धको मृत्यु
वीरगंज, कोरोना संक्रमणको कारण वीरगंजमा थप एकजनाको मृत्यु भएको छ । सोमवार राति वीरगंजको नेशनल मेडिकल कलेज कोरोना अस्पताल, नगवामा उपचारको क्रममा सर्लाही, बरहथवा वडा नं. ६ का ७० वर्षीय वृद्धको मृत्यु भएको डा. असरफ हुसेनले बताए । आइतवार राति उनको कोरोना भाइरस रिपोर्ट पोजेटिभ आएकोपछि सोमवार अस्पतालमा भर्ना भएका थिए ।
उच्च रक्तचाप, मधुमेह, मुटु र मिर्गौला रोगबाट ग्रसित वृद्धको गएराति मृत्यु भएको डा हुसेनले जनाएका छन् । यसैगरी पर्सा, बारा र सर्लाहीका २६ जनामा कोरोना पोजेटिभ भेटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नारायणी अस्पताल, वीरगंजको प्रयोगशालामा १९२ जनाको पिसिआर परीक्ष्Fण गर्दा पर्सा र बाराको २५ जनामा र सर्लाहीका एकजनामा कोरोना संक्रमित भएको जिप्रका, पर्साले जनाएको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


