भारतले गिलगित-बल्तिस्तानलाई लिएर पाकिस्तानको विरोध गर्यो
भारतले गिलगित–बल्तिस्तानमा चुनाव गराउने पाकिस्तानको कोसिसमाथि आपत्ति जनाउँदै पाकिस्तानले यस क्षेत्रमा गैरकानुनी रुपमा कब्जा गरेको बताएको छ ।
भारतको विदेश मन्त्रालयले मङ्गलबार एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘यस वर्ष १५ नोभेम्बरमा गिलगित–बल्तिस्तानमा विधान सभा चुनावको घोषणाको बारेमा हामीले खबर देखेका छौँ र हामी पाकिस्तान सरकारको यो घोषणाको विरोध गर्छौँ ।’ भारतले भनेको छ, ‘केन्द्र शासित प्रदेश जम्मू–कश्मीर र लद्दाख तथा गिलगित–बल्तिस्तानको कथित क्षेत्र सन् १९४७ भएको भएको सम्झौताअनुसार भारतको अभिन्न हिस्सा हो । भारत यस क्षेत्रमा भौतिक परिवर्तन गर्ने सबै कोसिसको विरोध गर्छ र यस क्षेत्रमा पाकिस्तानले गैरकानुनी रुपमा कब्जा गरेको हो भन्ने एक पटक फेरि भन्न चाहन्छौँ ।’
यसअघि पाकिस्तानको सर्वोच्च अदालतले यस क्षेत्रमा चुनाव गर्न अनुमति दिएको थियो ।
बेलायतबाट स्वतन्त्र हुनुअघि गिलगित–बल्तिस्तान जम्मू–कश्मीर प्रान्तको अङ्ग थियो तर सन् १९४७ पछि यसमा पाकिस्तानको नियन्त्रण रहँदै आएको छ ।
पाकिस्तान जम्मू–कश्मीरलाई विवादित क्षेत्र मान्ने गर्छ र संयुक्त राष्ट्र सङ्घको प्रस्ताव भन्दै त्यहा जनमत सङ्ग्रह गराउनुपर्ने माग गर्दै आइरहेको छ ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…


