अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ७० प्रतिशत सकियो
ललितपुर – ललितपुरको गोदावरीमा निर्माण भैरहेको तीन हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ७० प्रतिशत सकिएको छ ।
शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभागले गोदावरी नगरपालिका–३ मा केन्द्र निर्माण गरिरहेको छ । विभाग र केसी–समानान्तर जेभीबीच गएको वर्षको कात्तिक २० गते सम्झौता भएर भोलिपल्ट २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको थियो ।
गएको चैत महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको भएपनि दुई महिना साइटमा भएका रुख काट्न समय लागेको र मौसमले पनि साथ नदिएकोले तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको परियोजना प्रबन्धक महेश भट्टले बताउनुभयो । ६५ करोड ८१ लाख ६५ हजार रुपैयाँमा सम्मेलन केन्द्र निर्माणका लागि सम्झौता भएको थियो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


