आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने
काठमाण्डाै – आज दिउँसो देशका थोरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
बंगालको खाडीमा बनेको न्यूनचापीय क्षेत्र सक्रिय रहेकाले आज दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकी मौसमविद् सजिना शाक्यका अनुसारअरु ठाउँको मौसम पनि आंशिकदेखि सामान्य बद्ली हुनेछ । यस्तै हिजो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबाट बाहिरिएको मनसुन नेपालबाट बाहिरिन भने अझै केही दिन लाग्ने भएको छ ।
नेपालका थोरै ठाउँमा केही दिन हल्का पानी पर्ने संभावना रहेकाले मनसुन पुरै हट्न समय लाग्ने भएको मौसमविद् शाक्यको भनाइ छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


