बलात्कृत बालिकाको घर जाने बाटो नै थुनियो
धादिङ, त्रिपुरासुन्दरी गाउँपालिकाकी एक १४ वर्षीया बालिका असोज पहिलो साता गाउँमै काठको काम गर्ने एक युवकसँग घरबाट भागिन्। छोरी घरमा नरहेको थाहा पाएपछि उनका बुवाले प्रहरीमा उजुरी दिए। प्रहरीले केटासहित बालिकालाई दक्षिणी धादिङको गल्छीबाट नियन्त्रणमा लियो। त्यसपछि पीडितले घटनाको पोल खोल्दा भने प्रहरी अधिकारी झस्किए।
बुवाले पटक–पटक बलात्कार गरेपछि सहनै नसक्ने अवस्थामा आफू घर छाडेर भागेको कुरा बालिकाले बताइन्। तब प्रहरीले पीडित बालिकालाई परिवारको जिम्मा लगाएन, सुरक्षित आवासगृहमा राखेर अनुसन्धान थाल्यो। जिल्ला प्रहरी कार्यालय धादिङको अपराध अनुसन्धान शाखाका प्रमुख मणिराम भट्टले अभियुक्तलाई नियन्त्रणमा लिई जबरजस्ती करणी र हाडनाता करणी मुद्दामा अनुसन्धान गरिरहेको बताए।
‘अभियुक्तले विगत ५–७ वर्षदेखि नै छोरीलाई बलात्कार गरिरहेको कुरा प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ’, भट्टले भने, ‘पटक–पटक बलात्कार गरेको, बच्चा नजन्मियोस् भनेर औषधी खुवाएको आरोप उनले स्वीकार गरिसकेको अवस्था छ। हामीले थप अनुसन्धान गरिरहेका छौं।’
तर, पीडितकी आमाले श्रीमान्विरुद्ध जाहेरी दिन अस्वीकार गरेकी छन्। उद्धार गर्ने संस्था सहयात्री समाजका तर्फबाट प्रहरीमा जाहेरी दिइएको छ। आमाले उल्टै बालिकालाई भेटेर मुद्दा फिर्ता लिन दबाब दिइरहेको खुलेको छ। घरका कमाउने व्यक्तिलाई नै जेल पठाएपछि परिवार समस्यामा पर्ने भन्दै बुवालाई नफसाउन र मुद्दा फिर्ता लिन दबाब दिइरहेको पीडितले बताइन्।
अभियुक्तले पछिल्लो पटक असोज ८ गते श्रीमती र छोरो ससुराल गएका बेला नाबालिका छोरीलाई फेरि जबरजस्ती गरेको खुलेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


