डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरहरु आन्दोलनमा
काठमाण्डौ – स्वास्थ्य सेवा सुधारको माग गर्दै २१ दिनदेखि अनसनमा बस्दै आएका डाक्टर गोविन्द केसीको समर्थनमा आवासीय डाक्टरहरुले आजदेखि आन्दोलन थाल्ने भएका छन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालका आवासीय डाक्टर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले दैनिक दुई घण्टा आकस्मिक र काेराेनाकाे उपचारबाहेक सेवा ठप्प पार्ने बताएका छन् ।
साथै डाक्टर केसीसँग वार्ता गर्न २४ घण्टे अल्टिमेटम दिएका उनीहरुले वार्ताको पहल नगरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा अनसनमा बसेका डाक्टर केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
उहाँलाई जतिबेला पनि समस्या आउन सक्ने उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् । डाक्टर केसीको जीवन रक्षा र उहाँले उठाएका माग पूरा गर्न दबाब दिँदै आवासीय डाक्टरहरुले आन्दोलन घोषणा गरेका हुन् ।
डाक्टर केसीको जीवन रक्षा र उहाँले उठाएका माग पूरा गर्न दबाब दिँदै आवासीय डाक्टरहरुले आन्दोलन घोषणा गरेका नेशनल रेजिडेन्ट डाक्टर्स एशोसिएसनका अध्यक्ष डाक्टर सुभाष देवकोटाले बताउनुभयो ।
गएकाे भदौ २९ गते डाक्टर केसीले जुम्लाको धर्मशालामा अनसन सुरु गर्नुभएको थियो । उहाँलाई पछि काठमाण्डौ ल्याइएको हो । हिजो युवाहरुले माइतीघर मण्डलामा प्रदर्शन समेत गरेका थिए ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


